६ दिनदेखि बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोर टोलीले ७० फिट गहिराइबाट निकाल्यो

लोकपथ
252
Shares

काठमाडौं । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता भएका राजेन्द्र बुढाथोकीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइबाट गोताखोर टोलीले शव फेला पारेको हो ।

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाउँपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंसिर २५ गते गोताखोरले फेला पारेको हो ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको सशस्त्रका सूचना शाखा प्रमुख एवं सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?