कमल थापा भन्दा शक्तिशाली देखिए रवीन्द्र मिश्र !

काठमाडौं, १६ कात्तिक— रवीन्द्र मिश्र नेतृत्वको नयाँ राजनीतिक दल विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका ६७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको जनाएको छ । यस्तै प्रदेशसभा तर्फ ९१ स्थानमा उम्मेदवारी दिएको छ साझा पार्टीका प्रवक्ता रमेश पौडेलले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि पार्टीले देशभर १५८ स्थानमा उम्मेदवारी दिएको बताए । जसमा दुबै चरणमा गरी प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ ९१ जनाको उम्मेदारी  परको हो उम्मेदवार खडा गरेको आधारमा रवीन्द्र मिश्रको पार्टी कमल थापाको पार्टीभन्दा सशक्त देखिएको छ । कमल थापाको पार्टी राप्रपाले प्रतिनिधिसभातर्फ मात्रै ५ स्थानमा उम्मेदवार उठाएको छ ।यस्तै प्रदेशसभातर्फ भने रवीन्द्र मिश्रकै पार्टीको हाराहारीमा राप्रपाले पनि उम्मेदवारी दिएको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?