काठमाडौं । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्किएका छन् । उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेकी हुन् ।
आज बिहान काठमाडौं आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया