म गुण्डा होइन : गणेश लामा

काठमाडौं, १६ कात्तिक- कांग्रेसबाट काभ्रेपलाञ्चोक–१ को ‘ख’ मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका गणेश लामाले आफू गुण्डा नभएको बताएका छन् |आज उम्मेदवारी दर्तापछि लामाले लोकतन्त्रको रक्षा र कम्युनिष्ट शासन रोक्नका लागि आफूलाई कांग्रेसले जिम्मेवारी दिएको दाबी गरे । उनले आफू गुण्डा नाइके नभई साहसी युवा भएको दाबी गर्दै भने , ‘म गुण्डा नाइके होइन, मलाई तत्कालिन राज्य र मिडियाले गुण्डा नाइके भनेका हुन् ।’उनले एमाले सम्वद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामासँग प्रतिस्प्रर्धा गर्ने छन् यद्यपी उनी प्रहरीको गुण्डा नाइके सूचीमा पर्दै आएका छन् | लामा कांग्रेस नेता विजयकुमार गच्छदार निकटका हुन् गच्छदारले पार्टी काँग्रेसमा मिलाएपछि लामाले काँग्रेसबाट टिकट पाएका हुन् । लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा समेत चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?