ललितपुरमा नवराज सिलवाललाई हराउन थापाले दिए उम्मेदवारी

ललितपुर, १६ कात्तिक— आफूलाई पूर्वडिआईजी नवराज सिलवाल पीडित बताउँदै आएका गुणबहादुर थापाले ललितपुर प्रतिनिधि सभा  क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् हालै प्रहरी सेवाबाट राजीनामा दिँदै एमालेमा प्रवेश गरेर ललितपुरबाट टिकट पाएका सिलवाललाई हराउन भन्दै थापाले उम्मेदवारी दिएका हुन् मिटर ब्याज लगाएर आफूलाई सिलवालले पीडित बनाएको थापाले दाबी गर्दै आएका छन् । सिलवालको मिटर ब्याज प्रकरण थापाबाट खुलासा भएपछि सिलवाल आइजीपी दौडमा रहेको बेला विवादमा तानिएका थिए । यद्यपी उनी अदालत पुगेर पनि आइजीपी भने बन्न सफल भएनन् अहिले चुनावमा फेरि आफूलाई दुःख दिने सिलवाललाई हराउन भन्दै थापाले उम्मेदवारी दिएसँगै उनी अप्ठ्यारोमा परेका छन् कांग्रेसका प्रभावशाली नेता उदय शमशेर राणाविरुद्ध प्रतिस्पर्धा गर्न लागेका सिलवाल थापाको उम्मेदवारीले थप अप्ठ्यारोमा परेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?