काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ भने साढे ११ बजे नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ बारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूको अवलोकन सम्बन्धमा छलफल हुने कार्यतालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया