गृहमन्त्रीको ‘पिए’ भन्दै रकम उठाउने व्यक्ति पक्राउ

लोकपथ
154
Shares

काठमाडौं । गृहमन्त्रीको ‘पिए’ भन्दै प्रहरी कर्मचारी र विभिन्न सरकारी निकायहरूमा फोन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बैतडीका २६ वर्षीय करनसिंह विष्ट रहेका छन् ।

आफूलाई गृहमन्त्री रमेश लेखकको प्रमुख स्वकीय सचिव भन्दै लाभ लिन खोजेको आरोपमा प्रहरीले विष्टलाई बिहीबार नियन्त्रणमा लिएको हो । बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार गृहमन्त्रीका पिए भन्दै विभिन्न प्रहरी कर्मचारी र नेपाल सरकारका कर्मचारीलाई फोन गरी आर्थिक लगायतका अन्य लाभ लिएपछि विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विष्टको सम्बन्धमा थप अनुसन्धान भइरहेको र उनले कहाँ कहाँबाट लाभ लिए भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

पिए भन्दै आफूसँग रकम माग गरेको सूचना आएपछि गृह मन्त्रालय सचिवालयकै उजुरीका आधारमा विष्टलाई पक्राउ गरिएको हो ।

गृह मन्त्रालयले समेत कोही कसैले पिए वा सचिवालयका कर्मचारी भन्दै फोन गरेर दुख दिएमा सचिवालयमा खबर गरिदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?