२०७८,श्रावण,१८,सोमवार

ललितपुरमा नवराज सिलवाललाई हराउन थापाले दिए उम्मेदवारी

२०७४,कार्तिक,१६,बिहीवार १७:०६


ललितपुर, १६ कात्तिक— आफूलाई पूर्वडिआईजी नवराज सिलवाल पीडित बताउँदै आएका गुणबहादुर थापाले ललितपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् हालै प्रहरी सेवाबाट राजीनामा दिँदै एमालेमा प्रवेश गरेर ललितपुरबाट टिकट पाएका सिलवाललाई हराउन भन्दै थापाले उम्मेदवारी दिएका हुन् मिटर ब्याज लगाएर आफूलाई सिलवालले पीडित बनाएको थापाले दाबी गर्दै आएका छन् । सिलवालको मिटर ब्याज प्रकरण थापाबाट खुलासा भएपछि सिलवाल आइजीपी दौडमा रहेको बेला विवादमा तानिएका थिए । यद्यपी उनी अदालत पुगेर पनि आइजीपी भने बन्न सफल भएनन् अहिले चुनावमा फेरि आफूलाई दुःख दिने सिलवाललाई हराउन भन्दै थापाले उम्मेदवारी दिएसँगै उनी अप्ठ्यारोमा परेका छन् कांग्रेसका प्रभावशाली नेता उदय शमशेर राणाविरुद्ध प्रतिस्पर्धा गर्न लागेका सिलवाल थापाको उम्मेदवारीले थप अप्ठ्यारोमा परेका हुन्

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १७:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलवार भेटवार्ता हुने भएको छ । अध्यक्ष ओली

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताएका छन् । सोमवार नेपाल

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पदबहाली गरेका छन् । सोमवार प्रदेश सदरमुकाम पोखरामा एक विशेष

काठमाडौं । कोभिड – १९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ । प्रतिनिधि

ताजा समाचार

ओली र नेपालबीच मंगलवार भेटवार्ता हुने
 २०७८,श्रावण,१८,सोमवार २१:५२
कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९