जाजरकोटमा मध्यरातमा जीप खस्यो, मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदुरको मृत्यु

लोकपथ
49
Shares

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१० नुवागाउँ नजिकै बुधबार राति जीप दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलाली घर भई हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमाल रहेका छन् ।

यसैगरी, दुर्घटनामा लोकमार्गमै कार्यरत मजदुर २२ वर्षीय कमल चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जीप सडकबाट ७ सय मिटर तल खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?