महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सकिबुल खाँ निर्वाचित भएका छन् ।
आज भएको उपनिर्वाचनमा खाँले ६ सय ३१ मत प्राप्त गर्दैै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
कूल दुई हजार एक सय ४१ मतदाता रहेका सो वडामा एक हजार पाँच सय १४ मत खसेको थियो । निर्वाचनमा सात राजनीतिक दल र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार रहेका थिए ।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनबाट अध्यक्ष बनेका माओवादी केन्द्रका मुकेशकुमार यादवको गत भदौमा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
मतगणना परिणामअनुसार नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले दुई सय ८४ र जनता समाजवादी पार्टी नेपालका नजामुद्दिन खानले ३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया