रवि लामिछानेका व्यापारिक साझेदार छबिलाल जोशीलाई चितवन पुर्‍याइयो, रविलाई पनि लगिने

लोकपथ
196
Shares
फाइल तस्बिर

काठमाडौं । सहकारी ठगी अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेका व्यापारिक साझेदार छविलाल जोशीलाई बयानका लागि चितवन लगिएको छ । पोखराबाट जहाजमा भरतपुर लगिएको हो ।

साहारा सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानका लागि छविलाललाई चितवन लगिएको हो । उक्त सहकारीको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा जीबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरीमा दर्ता भएको मुद्दा गत असोज ९ गतेबाट चलिरहेकोमा केही दिनअघि मात्र रवि लामिछानेसहित १० जनाविरुद्ध किटानी जाहेरी परेको थियो । योसँगै लामिछाने पनि साहाराको बचत अपचलनको अनुसन्धानको दायरामा तानिने भएका छन् ।

काठमाडौंको बयान सकेपछि रविलाई पनि चितवन लैजाने प्रहरीको तयारी छ । चितवन जिल्ला अदालतले रविमाथि केही दिनअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनलाई लिएर काठमाडौंमा रविको बयान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?