पासो लगाई झुण्डिएका व्यक्तिको सशस्त्रको टोलीद्वारा जीवितै उद्धार

रोप रेस्क्यु विधिद्वारा जीवितै उद्धार गरिएको हो : सह प्रवक्ता थापा

लोकपथ
1.3k
Shares

काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१३ बलिरामपुर स्थित पानी ट्याङ्कीमा पासो लगाइ झुण्डिएका एक जनाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

निर्माणाधिन पानी ट्याङ्कीमा काम गर्दै आएका भारतीय नागरिक अन्दाजी ४० वर्षीय धिरेन्द्र चौधरीलाई सशस्त्रको टोलीले जीवितै उद्धार गरेको हो । उनी झण्डै ३४ मिटर अग्लो पानी ट्याङ्कीमा झुण्डिएका थिए ।

सो पश्चात उनीसँगै काम गर्दै आएका अर्का मजदुरले उनले लगाएको पासो खोलेपनि उद्धार गर्न नसकी स्थानीय वासिन्दालाई जानकारी गराएका थिए ।

सो बारे सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बारा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वालाई जानकारी गराएपश्चात् उक्त कार्यालयबाट विपद् उद्वार सामाग्रीसहित खटिएको सुरक्षा फौजले रोप रेस्क्यु विधिद्वारा उनको जीवितै उद्धार गरेको हो ।

उद्वारपश्चात् उनको राज्यलक्ष्मी अस्पताल कलैया बारामा उपचार भइरहेको छ भने उनको अवस्था भने सामान्य रहेको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?