काठमाडौं । सिरहामा नम्बर नखुलेको गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एक जना नायव निरीक्षक (सई) को मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका–१ कचनारी बोर्डर नजिक भएको यो घटनामा सई लक्ष्मण यादवको मृत्यु भएको हो ।
नेपाल–भारत सीमा क्षेत्रमा चेक जाँचका लागि खटिएका सई यादवलाई ठक्कर दिएपछि सो गाडी भागेको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
ठक्कर दिने गाडीको खोजी भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया