२०७८,श्रावण,१५,शुक्रवार

एक बंगलादेशीसहित चार मृत फेला

२०७४,कार्तिक,१६,बिहीवार १६:३०


भक्तपुर, १६ कात्तिक- विभिन्न स्थानमा दुई दिनमा एक बंगलादेशीसहित चार जना मृतावस्थामा फेला परेका छन् महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा ३४ वर्षीय बंगलादेशी हसन फेरोदोस मृतनवस्थामा फेला परेका छन् । बुधबार अपराह्न अचानक बेहोश हसनलाई तत्काल उपचारका लागि सल्लाघारीस्थित डा इबामुरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए त्यसैगरी ओखलढुंगा घर भई हाल सूर्यविनायक नगरपालिका–३, बालकोट बस्दै आएकी सरिता सार्की आफ्नै कोठामा आज मृत फेला परेकी छन् । बुधबार बेलुका खाना खाई सुतेकी कार्की सुतिरहेका अवस्थामा मृत फेला परेको प्रनाउ प्रसाईंले जानकारी दिए त्यसैगरी धादिङ बैरेनी–९ का २३ वर्षीय शम्भु खत्री सूर्यविनायक –८ जगातीमा मृतावस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्तको गस्ती टोलीले बुधबार साँझ अचेतावस्थामा फेला पारेको खत्रीका उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए यसैगरी सूर्यविनायक–९ भातेढिकुरस्थित होटल भ्यूमा काम गर्ने उदयपुर त्रियुगा–१६ का ३० वर्षीय नवराज राई आज बिहान मृत फेला परेका छन् । होटेलकै छाप्रोमा बस्दै आएका राई सोही छाप्रामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९
नेपालमा कोराना : थप ३ हजार ६ सय ११ जनामा…
 २०७८,श्रावण,१५,शुक्रवार १७:०२