काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल) टिम सुदूरपश्चिम रोयल्सले ग्लोबल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ ।
काठमाडौंमा शनिबार बिहान एक कार्यक्रमबीच सुदूरका टिम मालिक र ग्लोबल आईएम बैंकका नायव प्रमुख कार्यकारी आधिकृत सुमन पेखरेलले सम्झौता गरेका हुन् । कार्यक्रममा प्रायोजक ग्लोबल आईएमई बैंक अंकित जर्सी सार्वजनिक गरिएको छ ।
सम्झौतापछि डेपुटी सिईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर अघि सरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया