५० करोड ठग्ने दम्पती जेल चलान

 पोखरा, १६ कात्तिक- पोखरा–लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले आज जेल चलान गरेको छ स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई महानगरपालिका–१४ चाउथे बस्ने २८ वर्षीया देवकुमारी भुजेल थापा र निजको श्रीमान् लक्ष्यबहादुर थापा र उक्त घटनामा संलग्न दण्डपाणि शर्मा समेतलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा थापा दम्पतीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ भने दण्डपाणि शर्मा रु १५ लाख धरौटी बुझाइ छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए उनीहरुले आफन्त र चिनेजानेका व्यक्तिसँग ठूलो रकम संकलन गरी गत भदौ १४ गते आफ्नो घरजग्गासमेत बिक्री गरी पोखराबाट फरार भएका थिए प्रहरीले गत असोज १९ गते काठमाडौँमा लुकीछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको थियो । उनीहरुले सर्वसाधारणसँग झण्डै रु ५० करोड जति ठगेको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?