भारतबाट धम्क्याउँदै नेपाली व्यवसायीसँग रकम माग्ने पक्राउ

लोकपथ
154
Shares

काठमाडौं । साइबर अपराधको अभियोगमा पक्राउ परी प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंका अति निकटस्थ एक व्यक्तिलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर साविक मौवा गाविस–६ घर भई हाल झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्ने वर्ष ३६ को नविन प्रधान भन्ने
हरिचन्द्र फुयल रहेका छन् ।

पक्राउ परेका फुयल साइबर अपराध, मुद्रा शुद्धीकरण, किर्ते कागजातलगायत आरोपमा प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेका प्रसाईंका अति निकट व्यक्ति भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका फुयल भारतीय डन लरेन्स बिस्नोइको नाममा धम्काउँदै रकम उठाउने कार्यमा संलग्न व्यक्ति भएको प्रहरीको भनाइ छ । उनीलगायतले आधा दर्जनभन्दा बढी बैंकर तथा व्यवसायीलाई धम्काउँदै करोडौं रुपैयाँ मागेको र रकम उपलब्ध नगराए मार्ने धम्की दिने गरेको प्रहरीको दाबी छ ।

उनीहरुले प्रसाईंको आन्दोलनको निम्ति आर्थिक सहयोगको नाममा उक्त रकम उपलब्ध गराउनुपर्ने धारणा फोनवार्तामा राख्ने गरेको पनि प्रहरीको भनाइ छ । सीआईबीले गरेको पछिल्लो अनुसन्धानमा लरेन्सको नामबाट नेपालमा धम्काइएका फोनको संख्या डेढ सय बढी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?