नेपालबाट चार आईसीटी कम्पनी ब्रुनेईमा हुने ‘एपिक्टा अवार्ड्स २०२४’ सहभागी हुँदै

लोकपथ
35
Shares

काठमाडौं । ‘नास आईटी अवार्ड्स २०२४’ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुँने भएक छन्। यो अवार्ड डिसेम्बर ४ देखि ७ गतेसम्म ब्रुनेईमा आयोजना हुँदैछ।

नेपाली कम्पनीहरुको प्रतिनिधित्वले नेपालको सूचना प्रविधि समुदायलाई ग्लोबल प्लेटफर्ममा चिनाउन धेरै मद्दत गर्ने विश्वास लिइएको छ । एपिक्टा अवार्ड्स एशिया प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्टलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो। यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ।

एपिक्टा अवार्ड्समा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीहरूमा आईएमएस पीओएस म्यानेजमेन्ट ९आई।एम।एस सफ्टवेयर प्राली, फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक), इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्राली, सेक्युरिटी सोल्युसन्स, ईकागजपत्र प्राली, प्रोफेशनल सर्भिसेज सलुसन्स, एलएमसी एलर्ट (अलपास टेक्नोलोजी प्राली), गभर्मेन्ट सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट रहेका छन् ।

यो कार्यक्रमले अन्तर्राष्ट्रिय बजार माझ नेपाली आईसीटी कम्पनीहरूलाई उनीहरूको क्षमता र विशेषज्ञता प्रदर्शन गर्ने अवसर दिनेछ। नास आईटीले यसलाई नेपालको आईटीको क्षेत्रको प्रवर्धनको लागि महत्वपूर्ण कदमको रूपमा हेर्दछ। यसले नेपाललाई एक आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यमा ठूलो सहयोग पुर्याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?