प्रधानमन्त्री ओलीसहित चीनको भ्रमण टोलीमा ८७ जना सहभागी हुने

लोकपथ
399
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ जना सहभागी हुने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ८७ जना सहभागि हुनेसहित भ्रमण स्वीकृत गरेको हो ।

जसमा ३९ जना सरकारी तबरबाट र ४८ जना क्षेत्रबाट गरी ८७ जनाको जम्बो टोलीसहित प्रधानमन्त्री चीन जान लागेका हुन् ।

प्रधानमन्त्री ओली मंसिर १७ गते सोमबार चीन प्रस्थान गर्नेछन् भने मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

पछिल्लोपटक प्रधानमन्त्री बनेपछि ओलीको यो पहिलो चीन भ्रमण र दोस्रो विदेश भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?