सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्‍यो : कृषिमन्त्री अधिकारी 

लोकपथ
175
Shares
फाइल तस्बिर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गरेको  बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले सरकार दुग्ध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेको बताए । उनले असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने १ अर्ब ५८ करोड रुपैयाँलाई घटाएर ५६ करोड बाँकी रहेको बताए । अधिकारीले कर्मचारीलाई उपदानमा दिनुपर्ने ८ करोड ३८ लाख, कर्मचारी तलब ४ करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उपदान दिनुपर्ने ७ करोड २४ लाख,कर्मचारी तलब १ करोड ७ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी ३ करोड ९४ लाख बाँकी रहेको बताए । साथै सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भुक्तानी गर्न सफल भएको बताए ।

अधिकारीले सरकारले बिहीबारको मन्त्रीपरिषद्बाट उखुको समर्थन मूल्य तोक्ने र भोलिसम्म उखुको समर्थन मूल्य सार्वजनिक हुने बताए । उनले बाली बीमामा लामो समय रोकिएको पैसा यस वर्ष समयमा नै भुक्तानी दिएको बताए ।

यसैगरी उनले किसानलाई दिनुपर्ने मल समयमा उपलब्ध गराउन नसक्नुको पछाडि सरकारको झन्झटिलो कानुन भएको र त्यसको लागि सरकारले सार्वजनिक खरिद ऐन लागयतका कानुनहरू संशोधन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको बताए । उनले कानुनहरू संशोधन आगामी संसद् अधिवेशनमा अगाडि बढ्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?