दलको नाम नै ‘स्वतन्त्र’ राखेर जनतामाथि ठगी गरियो : विश्वप्रकाश शर्मा

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गरेका छन् ।

बिहीबार कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाले नागरिकलाई स्वतन्त्र बनाउने नाममा ठगी भएको आरोप लगाए ।

राजनीतिक दलहरुप्रति आम मानिसको असन्तुष्टी बढिरहेका बेला स्वतन्त्रको नाममा दल नै खोलेर ठगी गरेको बताए । जुनसुकै नामको दलमा आवद्ध भएपनि त्यो व्यक्ति स्वतन्त्र नहुने भन्दै उनले भने, ‘स्वतन्त्र बनिदिँउ भन्ने मनोविज्ञान मानिसहरुमा आए । त्यो मनोविज्ञानलाई क्यास गरिदिनका लागि त्यसलाई भजाउनका लागि एउटा दलले आफ्नो नाम नै स्वतन्त्र राखिदियो । यदी मान्छे स्वतन्त्र हुन्छ त उ दलको हुँदैन, यदी कसैले दल बनाएर स्वतन्त्र भन्छ तर त्यो स्वतन्त्र हुँदैन । दल हो भने त्यो स्वतन्त्र हुँदैन, दल हो भने त्यो स्वतन्त्र हुँदैन । दलको नाम स्वतन्त्र राखेर मानिसको मनोविज्ञानलाई क्यास गरेर ठगी गर्ने प्रयास गरियो ।’

त्यस्तै उनले मंसिर १६ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोललाई मत दिएर सुन्दर कीर्तिपुर बनाउने आम जनताको सपना साकार बनाउन समेत आग्रह गरे । यसअघिका मेयर स्वर्गीय राजकुमार नकर्मीले थालनी गरेका सामाजिक न्यायका कामहरुको निरन्तरता दिनका लागि डंगोललाई जिताउन आग्रह गरे ।

मत माग्दै उनले नेपाली कांग्रेसलाई नराम्रो देखाएर आफू राम्रो बन्न खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई चिरेर अघि बढ्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?