कीर्तिपुर पुगेर प्रचण्डले भने– ‘भ्रष्टाचारको सुई ठूला नेतातिर सोझिएपछि मलाई सरकारबाट हटाइयो’

लोकपथ
84
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाई समाउन थालेपछि सरकार ढालिएको दाबी गरेका छन् ।

कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा गरिएको बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले नेतृत्वमा रहेकाहरुमाथि भ्रष्टाचारको सुई सोझिएपछि आफूलाई हटाइएको बताए । आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिन खोज्दा त्यसको विरुद्ध कांग्रेस एमाले मिलेको आरोप समेत लगाए ।

‘ठूलाठूला नेताहरु ठूलाठूला कर्मचारीहरु धेरै मानिसहरुलाई कानुनका घेराभित्र ल्याउने कोशिस गरियो । गर्दै जाँदा भ्रष्टाचारविरोधी अभियानको तीर धेरै ठूला ठाउँमा पुग्ने भयो । बेचन झा र प्रतीक थापा गिरफ्तार भैसकेपछि फरार अभियुक्तहरु गिरफतार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो तपाईँहरुलाई थाहै छ, त्यो अहिले सरकारको नेतृत्व गर्नेहरुकै ठाउँमा पुगेकाहरुकै ठाउँमा पुग्ने भयो,’ उनले भने ।

संविधानको धारा ७२ को २ को सरकार ढलेपछि पुनः सोही धारा टेकेर सरकार बनाउनु संविधान विरोधी कदम रहेको जिकिर गरे ।

‘त्यसकारण संविधान मिचेर, त्यसकारण मैले भन्ने गरेको छु, यो सरकार संविधान मिचेर बनेको सरकार हो यो,’ उनले भने ।

साथै कीर्तिपुरले अहिलेसम्मकै बुद्धिजीवी उम्मेदवार रहेको बताउँदै प्रा.डा शिवशरण महर्जनलाई जिताउन समेत आग्रह गरे । नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी लगायतको समर्थन पाएका कारण महर्जन सबै पार्टीको साझा उम्मेदवार रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?