२०७८,श्रावण,१७,आईतवार

कमलादीबाट पक्राउ परेकाहरु को हुन् ? पञ्जाब प्रहरीको परिचयपत्र भेटियो !

२०७४,कार्तिक,१६,बिहीवार १४:५४


काठमाडौँ, १६ कात्तिक – कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ अन्तरदेशीय अपराधमा संलग्न देखिएकाले थप अनुसन्धानका लागि उनीहरुलाई विशेष ब्युरोको जिम्मा लगाइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए बुधबार राति कमलादीस्थित एक रेस्टुराँमा विवाद हुँदा पेस्तोल देखाउँदै हवाई फायर गरेको केही समयलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँले भारतीय नागरिक ४३ वर्षीय जसवीर सिंह र ४० वर्षीय हरबिन्द सिंहलाई पक्राउ गरेको थियो पक्राउ परेकामध्ये जसवीर सिंहको साथबाट पञ्जाब प्रहरीको परिचयपत्र बरामद गरेको छ । सो परिचयपत्र नक्कली हो की सक्कली हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ उनीहरुका साथबाट एक थान अत्याधुनिक पेस्तोल र ५१ वटा गोली बरामद भएको थियो । निर्वाचनको मुखमा पक्राउ परेका उनीहरु के–कारणले हतियारसहित नेपाल भित्रिएका थिए भन्नेमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १४:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १५ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ । ४ जना पुरुषले गोली देखाएर उनको सामूहिक बलात्कार गरेका हुन्

काठमाडौं । एक महिला गाडीमै बलात्कृत भएकी छिन् । कामबाट घर फर्की रहेकी महिला गाडीभित्रै बलात्कृत भएकी हुन् । यो

काठमाडौं । बुधवार बिहान सर्लाहीमा अपत्यारीलो घटना घट्यो । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित एक पोखरीमा ९ दिनको शिशुसहित तीन जनाको

काठमाडौं । १२ वर्षीय बालकले आफ्नै दिदी बलात्कार गरेका छन् । आफ्नै १६ वर्षीय दिदीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१
काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८