भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर, काठमाडौं ‘अस्वस्थकर’

लोकपथ
343
Shares

काठमाडौं । वायुको गुणस्तरका आधारमा आज बिहीबार भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको छ ।

वातावरण विभागका अनुसार, सोही अवधिमा काठमाडौंको रत्नपार्कको एक्यूआई १६४ र खुमलटारको एक्यूआई १५७ पुगेको छ । यी तीनै शहर ‘अस्वस्थकर’को वर्गमा परेका छन् । रत्नपार्कमा बिहीबार अपराह्न १२ बजेको एक्यूआई भने १५३ छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति नै हानिकारक मानिन्छ ।

पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?