२०७८,श्रावण,१०,आईतवार

४५ वटै जिल्लामा यसरी सम्पन्न भयो उम्मेदवारी दर्ता

२०७४,कार्तिक,१६,बिहीवार १४:५१


 काठमाडौँ, १६ कात्तिक – निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकोे प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक सहभागितामा सम्पन्न भएको जनाएको छ निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त साँझ ६ः०० बजेसम्म प्रतिनिधि सभातर्फ ५२२ र प्रदेश सभा सदस्यतर्फ ८८३ को उम्मेदवारी परेको प्रारम्भिक सूचना प्राप्त भएको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि आज बिहान १०ः०० देखि अपराह्न ५ः०० बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा शुरुमा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए भने मध्याह्नपछि मात्रै धेरैजसो राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराए प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नेमा महिलाको संख्या कमै देखिए पनि उम्मेदवारी दर्ताका लागि महिला मतदाताको उपस्थिति भने उत्साहजनक रहेको देखिन्थ्यो निर्वाचन आयोगले राजनीतिक दलको उत्साहजनक सहभागितामा भएको उम्मेदवार मनोनयन कार्यले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनप्रतिको सबै किसिमका आशंका हटेर देश पूर्णरुपमा निर्वाचनको उत्सवमा होमिएको बताएको छ सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनसँगै सार्वभौम संघीय संसद् र प्रदेश सभा निर्माण हुने प्रक्रिया सुनिश्चित भएको बताए व्यापक उत्साह एवं शान्तिपूर्णरुपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएकोमा सबै राजनीतिक दल र उम्मेदवार तथा सुरक्षाकर्मी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारीलाई धन्यवाद प्रकट गरेको छ निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार, सम्बन्धित निर्वाचन कार्यालयबाट आज नै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यक्रम छ निर्वाचन आयोगका अनुसार, आज मनोनयन दर्ता भएको उम्मेदवारीको विरोधमा कात्तिक १७ गते उजुरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले सबै राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहितको पूर्ण पालना हुने विश्वास लिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १४:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन्। उनलाई प्रधानमन्त्री शेरबहादुर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरू एक रिसोर्टमा भेला भएका छन्। निर्वाचन आयोगले

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी

ताजा समाचार

सोमबारदेखि मनसुन सक्रिय हुने
 २०७८,श्रावण,१०,आईतवार १६:३३
धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२