काठमाडौँ ९ र १० मा मात्रै पर्यो यति धेरै उम्मेदवारी !

 काठमाडौँ, १६ कात्तिक – आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता सम्पन्न भएको छ ती निर्वाचन क्षेत्रबाट छ पदका लागि ८७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नौ नं निर्वाचन क्षेत्रबाट तीन पदका लागि ४१ र १० नंबाट तीन पदका लागि ४६ जनाको उम्मेदवारी दर्ता गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ क्षेत्र नं ९ मा प्रतिनिधिसभाका लागि १४ र प्रदेश ‘क’बाट १४ र ‘ख’बाट १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । यस्तै १० नं क्षेत्रबाट प्रतिनिधिसभाका लागि १६ जना तथा प्रदेश ‘क’ र ‘ख’बाट १५–१५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यले बताउनुभयो प्रतिनिधिसभाका लागि क्षेत्र नं ९ बाट वाम गठबन्धनको नेकपा(एमाले)बाट कृष्णगोपाल श्रेष्ठ र कांग्रेसबाट ध्यानगोविन्द रञ्जितले उम्मेदवारी दर्ता गराउनुभएको छ । सोही क्षेत्रको प्रदेशसभाका लागि वाम गठबन्धनबाट ९ ‘क’ मा एमालेका अजयक्रान्ति शाक्य र ‘ख’मा एमालेकै केशव पोखरेल तथा कांग्रेसबाट ‘क’मा इन्द्रमान तुलाधर र ‘ख’ धर्मराज गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ यसैगरी १० नं निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का हितमान शाक्य र कांग्रेसबाट राजनकुमार केसीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । प्रदेशसभाका लागि वाम गबन्धनबाट १० ‘क’मा माओवादी केन्द्रबाट दिलीप महर्जन र ‘ख’मा एमालेका रमा आले तथा कांग्रेसबाट ‘क’मा पुकार महर्जन र ‘ख’ धर्मानन्द श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?