प्रतिनिधिसभामा ५२ र प्रदेशसभामा ८५ को उम्मेदवारी

धनगढी, १६ कात्तिक- प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि कैलालीमा प्रतिनिधिसभातर्फ ५२ र प्रदेशसभातर्फ ८५ को उम्मेदवारी परेको छ प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि दश निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लाको निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभामा चार स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ यस क्षेत्रको प्रदेशसभाको दुई पदका लागि एक स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि दुई स्वतन्त्रसहित नौ र दुई प्रदेशसभा सदस्यका लागि चार स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित दश र प्रदेशसभाको दुई सदस्यका लागि एक स्वतन्त्रसहित १४ को उम्मेदवारी परेको छ निर्वाचन क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित सात र दुई प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित १५ को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र ५ मा प्रतिनिधिसभा सदस्यका लागि ११ को र दुई प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता गराउनेमा निर्वाचन क्षेत्र न ं५ बाट कांग्रेस नेत्री आरजु देउवा तथा क्षेत्र नं ४ बाट वाम गठबन्धनका माओवादी केन्द्रका नेता लेखराज भट्ट र कांग्रेसका नेता सुनिलकुमार भण्डारीसमेत हुनुहुन्छ उम्मेदवारी दर्ता गराउनेमा तीन दिनअघि मात्र एमालेबाट कांग्रेस प्रवेश गर्नुभएका पूर्व राज्यमन्त्री मोहनसिंह राठौर हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो उम्मेदवारी दर्ता गराउनेमा टीकापुर घटनाका अभियुक्त कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारुसमेत रहेका छन् । थारुंले राजपा नेपालका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ का लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?