महामन्त्री डा कोइराला र पूर्वमन्त्री त्रिपाठी नवलपरासी–१ मा भिड्दै

नवलपरासी, १६ कात्तिक – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी–१ बाट उम्मेदवारी दर्ता गराएका छन् बर्दघाट सुस्ता पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि डा कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता भविश्वर पराजुलीले उम्मेदवारी दर्ता गराएका हुन् । सोही क्षेत्रबाट स्वतन्त्र राजनीतिक समूहका अगुवा हृदयेश त्रिपाठीले सूर्य चिह्न लिने गरी प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् यसैगरी काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल बर्दघाट सुस्ता पश्चिम क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता घनश्याम यादवले उम्मेदवारी दर्ता गराएका छन् नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व र पश्चिम क्षेत्रमा विभाजित भई प्रतिनिधिसभाका लागि चार तथा प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?