रुपन्देहीमा २५० जनाभन्दा बढीेको उम्मेदवारी

 बुटवल, १६ कात्तिक – आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २५० जनाभन्दा बढीेले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ क्षेत्र नं १ मा वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति रहनुभएका खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले उम्मेदवारी दर्ता गराउनुभएको छ यस्तै क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमाले उपमहासचिव तथा पूर्वमन्त्री विष्णु पौडेल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका महासमिति सदस्य युवराज गिरीले उम्मेदवारी दर्ता गराउनुभयो क्षेत्र नं ३ मा वाम गठबन्धनबाट (एमाले)का अर्का उपमहासचिव घनश्याम भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराउनु भएको छ क्षेत्र नं ४ मा राजपा नेपालबाट सोहि पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, वाम गठबन्धनबाट ओमप्रकाश यादव गुल्जारी र लोकतान्त्रिक गठबन्धनबाट प्रमोद यादवले उम्मेदवारी दर्ता गराउनुभयो क्षेत्र नं ५ मा वाम गठबन्धनबाट (माओवादी केन्द्र)का नेता डिलाराम आचार्य र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नेता भरतकुमार शाहले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ कूल मतदाता पाँच लाख २२ हजार ६०२ रहेको रुपन्देहीमा २०८ मतदानस्थल र ५९८ मदतान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?