१२ जुवाडे प्रहरी नियन्त्रणमा, नया नेतृत्वसँगै बालाजु प्रहरीको काममा सक्रियता

काठमाडौँ । महानगरिय प्रहरी बृत बालाजुले १६ जना जुवाडेलाई जुवाखालबाट रंगेहात पक्राउ गरेको छ । काठमाडौँको बोराटारस्थित लोलाङको एक घरमा कौडा र तास खेलिरहेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो पक्राउ पर्नेहरुको साथबाट एक लाख ७६ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी बृत बालाजुका डिएसपी विश्वराज खड्काले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गन मुद्दा दायर गरिएको खड्काको भनाई छ । बालाजु बृतमा केही महिनाअघि आएका डिएसपी नविनकृष्ण भण्डारीलाई घुस प्रकरणमा अख्तियारले पक्राउ गरेपछि केहीदिनअघिमात्र खड्काले बृतको नेतृत्व सम्हालेका हुन् । खड्काले आफ्नो क्षेत्रमा हुने कुनै किसिमको अपराधिक कृयाकलापको मुखदर्शक भएर आफु नबस्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?