केही व्यक्तिको कमजोरीले गर्दा सिंगो सहकारी क्षेत्र बदनाम भयो : मुख्यमन्त्री पाण्डे

लोकपथ
49
Shares

गण्डकी ।  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको बताएका छन्  । जिल्ला सहकारी संघ  कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको बताए । 

‘सहकारीको उद्देश्य, मर्म र भावना विपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो, ’मुख्यमन्त्री पाण्डेले भने, ‘सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।’ जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उनको भनाइ छ । 

मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताए। ‘सरकारले विनातथ्य प्रमाण कसैलाई पनि केही गर्दैन, दोषी भए कारबाही हुन्छ, निर्दोष भए सोहीअनुसार हुन्छ, यसमा अन्यथा सोच्नुपर्ने विषय केही छैन ।’ प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?