विक्रम थापा विरुद्ध काठमाडौ ७ मा कांग्रेसका सुदर्शन आचार्यको उम्मेद्वारी

काठमाडौँ १६ कात्तिक । लोकतान्त्रिक गठबन्धकको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रतिनिधीसभा उम्मेद्वार बनेका राप्रपाका विक्रम थापा विरुद्ध बागी उम्मेद्वारी परेको छ । नेपाली कांग्रेसका महासमिति सदस्य सुदर्शन आचार्यले पार्टी नेतृत्वले मनोमानी रुपमा निर्णय गरेको र यसले कार्यकर्तामा निराशा छाउने भन्दै उम्मेद्वारी दिएका हुन् आचार्यले पार्टी नेतृत्वले सस्थागत रुपमा निर्णय लिदा कार्यकर्ताको भावनामा ठेस पु¥याएकोले अधिकांश कांग्रेस कार्यकर्ताको चाहनामा नै आफुले उम्मेद्वारी दर्ता गराएको जिकिर गरे । “कुनैपनि हालतमा मेरो उम्मेद्वारी फिर्ता हुदैन” आचार्यले भने “कांग्रेसले कांग्रेसलाई नै मतदान गर्ने अवस्थाबाट क्षेत्र नम्बर ७ का जनतालाई म बन्चित गराउदिन” । कांग्रेस महासमिति सदस्य आचार्य नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का पुराना नेता हुन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?