आफ्नो गढ क्षेत्रमा किन उम्मेदवार बनेनन् विजुक्छे ?

भत्तपुर, १६ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे यो यो पटकको चुनावमा उम्मेदवार बनेनन् । उनले नयाँलाई अवसर दिन चुनाव नलडेको बताएका छन् । उनी चुनाव उठ्ने सबैको अनुमानलाई फेल खुवाउँदै भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाललाई उठाएका छन् यस्तै क्षेत्र नम्बर २ मा अनुराधा थापा मगरले मनोनयन गराएकी छिन् प्रदेशसभातर्फ १ को कमा निरज लवाज र ख मा सुरेन्द्र गोसाई तथा २ को क सरोजराज गोसाई र खमा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् विछुक्टेले लगातार ५ पटक चुनाव जितेका थिए भने पछिल्लो चुनावमा पनि उम्मेदवार बनेका थिएनन् । भक्तपुर नेमकिपा प्रभावित क्षेत्र मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?