यस्ता छन् काभ्रेमा टिकट पाउने भाग्यमानीहरु, गुन्डा नाइके समेत

काठमाडौँ, १६ कात्तिक-आगामी मंसिर २१ गते ४५ जिल्लाहरुमा सम्पन्न हुन गइरहेको दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनबाट काभ्रेको निर्वाचन क्षेत्र नं २ बाट संघीय प्रतिनिधि सभाका लागि एमाले नेता गोकुल बास्कोटा सर्वसम्मत भएका थिए भने लोकतान्त्रिक गणबन्धनबाट क्षेत्र नंं १ का तीर्थ लामा सर्वसम्मत उमेद्वार छानिएका थिए । लोकतानिन्त्रक गठबन्धनको निर्वाचन क्षेत्र नम्बर २ र वाम गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ मा उमेद्वार छानौट गर्न दलहरुले लामो कसरत गर्नु परेको थियो । अन्ततः अन्तिम समयमा वाम गठबन्धनले माओवादी केन्द्रलाई सुरक्षित राखेको क्षेत्र नम्बर १ मा तेमालका गांगाबहादुर दोङ ‘बमध्वज’ लाई उमेद्वार बनाएको छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनको काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व सांसद कञ्चनचन्द्र वादेलाई प्रदेशसभामा राखेर जिल्ला सभापति मधुप्रसाद आचार्यलाई उमेद्वार बनाइएको छ प्रदेश सभामा वाम गठबन्धनले क्षेत्र नम्बर १ को ‘क’ मा चौंरी देउराली गाउँपालिका कोशीपारिका रत्न ढकाल र ‘ख’ मा नमोवुद्ध नगरपालिका डराउने पोखरी दाप्चाका चन्द्र लामालाई उठाएको छ । नेपाली कांग्रेसले भने ‘क’ मा तेमालका चन्द्रबहादुर लामा र ‘ख’ मा मधेशी जनअधिकार फोरमबाट कांग्रेसमा प्रवेश गरेका खहरे पाँगूका गणेश लामालाई उठाएको छ त्यसैगरी वाम गठबन्धनको प्रतिनिधित्व गर्दै नेकपा एमालेको विद्यार्थी संगठनमा लामो समय योगदान पु¥याएका नेता लक्ष्मण लम्साल काभ्रे निर्वाचन क्षेत्र नं। २ को ‘क’ बाट उमेद्वार बनेका छन् । उनी मण्डन देउपुर नगरपालिकाका हुन् । त्यस्तै सोही क्षेत्रको ‘ख’बाट वाम गठबन्धनले एकालेका बसुन्धरा हुमागाईलाई उमेद्वार बनाएको छ । उनी कोलाती भूमिडाँडाबाट अगुवाई गर्दैै योगदान पु¥याएका एमालेका लोकप्रिय नेता हुन् । उता नेपाली काग्रेसले भने काभ्रे निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट सुन्दरमणि आचार्य र ‘ख’ बाट पूर्व सांसद कञ्चनचन्द्र बादे लाई उमेद्वार बनाएको छ । आचार्य पाँचखाल र बादे बनेपाका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?