काठमाडौंमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ, १६ कात्तिक । नेपाली काँग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् नेता थापाले विहिबार दिउँसो राष्ट्रिय सभागृहमा पुगेर प्रतिनिधि सभा निर्वाचनका लागि आफनो उम्मेदवारी दर्ता गराएका हुन् उम्मेदवारी दर्ता गरेपछि उनले संचारकर्मीमाझ आफू विजयी भए मुलुकलाई समृद्ध बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे नेता थापाले निर्वा्चित सांसदको रुपमा आफूले शिक्षा र स्वास्थ्यमा सबैलाई समान अवसर दिलाउने र युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न पहल गर्ने पनि उल्लेख गरे नेता थापाले काठमाडौंलाई व्यवस्थित बनाउन पनि आफू लागि पर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?