मनोनयन दर्ता गराउने चर्चित नेताको हिट फोटो

काठमाडौँ, १६ कात्तिक – मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलका चर्चित नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसनामा मार्फत डडेलधुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवारी दर्ता गरए । यस्तै महामन्त्री शशांक कोइरालाले नवलपरासीको बर्दघाट पूर्व (नवलपुर) बाट उम्मेदवारी दर्ता गर्दैछन् । कृष्ण सिटौला झापा ३, विजयकुमार गच्छेदार सुनसरी ३, मिनेन्द्र रिजाल मोरङ २ बाट दर्ता गराए पूर्व महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौलाले क्रमशः काठमाडौँ १ र झापा ३ बाट उम्मेदवारी दिने भएका छन् यस्तै, एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले झापा ५ पुर्व प्रधानमन्त्रीद्धयएमालेकै उपाध्यक्ष बामदेव गौतम बर्दिया १, भीम रावलले अछाम १ बाट मनोनयन दर्ता गराए । पूर्वसभामुख सुवास नेम्वाङ इलाम २, महासचिव ईश्वर पोखरेल काठमाडौँ ५ बाट उम्मेदवारी दर्ता गराए । एमालेका सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट क्रमशः १ र २ बाट तथा अर्का सचिव योगेश भटट्राईले ताप्लेजुङबाट उम्मेदवारी दिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाट उम्मेदवारी दिए भने कृष्णबहादुर महरा दाङ २, गिरिराजमणि पोखरेल महोत्तरी १, पम्फा भुसालले ललितपुर ३ बाट मनोनयन दर्ता गराए । यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट मनोनयन दर्ता गराए तस्बिरमा हेर्नुहोस् नेताहरुको उम्मेदवारी दर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?