रौतहट छाडेका माधव नेपालले जित्लान् काठमाडौंमा ?

काठमाडौँ, १६ कात्तिक – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन् । यसअघि नेपालले काठमाडौं र रौतहटबाट चुनाव लड्दै आएकोमा एक ठाउँबाट मात्रै चुनाव लड्न पाइने व्यवस्थापछि रौतहट छाडेका हुन् वरिष्ठ नेता नेपालले विहिबार दिउँसो राष्ट्रिय सभागृहमा पुगेर काठमाडों क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराए उम्मेदवारी दर्ता गरेपछि उहाँले संचारकर्मीमाझ आफू अत्याधिक मतका साथ निर्वाचनमा विजयी हुने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?