गोविन्दराज जोशी बागी बनेपछि रामचन्द्र तनावमा

काठमाडौँ, १६ कात्तिक – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री एवं पुर्वसहमहामन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट माग गरेका थिए तर कांग्रेसले बरिष्ठ नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दर्ता गराएका हुननेपाली काङ्ग्रेसले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको जोशीले बताए जोशीले यसअघि सो क्षेत्रमा आफ्नो उम्मेदवारी दावी गर्दै दमौलीमा प्रदर्शन समेत गरेका थिए यसैबीच पाैडेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?