आइजीपी बन्न नपाएका सिलवाल बन्लान् सांसद ?

ललितपुर, १६ कात्तिक – एमाले प्रवेश गरेर चुनावी टिकट पाएका पूर्व डिआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् उम्मेदवारी दर्ता गराएपछि उनले राज्यले अन्याय गरेपनि जनताले अन्याय नगर्ने प्रतिक्रिया दिए एमालेबाट उम्मेदवार बनेका उनले भने, ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई न्याय गर्नेछन् । राज्यले गरेको अन्याय म जनताबाट माग्छु ।’नेपाली कांग्रेसका उदयर शमशेर राणासँग मुख्य प्रतिस्पर्धा गर्न लागेका उनलाई नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ आइजीपी बन्न नपाएका सिलवाल अब सांसद बन्न सक्छन् या सक्दैनन् त्यो भने मंसिर २१ पछि नै छिनोफानो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?