इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

चारिकार, अफगानिस्तान, १६ कात्तिक – इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो । बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए उक्त तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधबार राति हमला भएको हो । राति सो ट्यांकरमा बम लागेपछि विस्फोट भएको र विस्फोटका कारण आगलागी भएको हो तेलको ट्यांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा गुडिरहेको अर्काे बसमा पनि आगो लागेको थियो । त्यस बसमा रहेका नागरिक आगो लागेर जलेका थिए मारिनेमा साथमा रहेको अर्काे बसका यात्रुका साथै उक्त घटनास्थल वरपरका बासिन्दा परेको जानकारी अफगानिस्तानका स्थानीय सञ्चारले दिएका छन् यसरी तेल ट्यांकरमा बम हमला गरी हत्या गर्ने घटना यसअघि पनि अफगानिस्तानमा हुने गरेका छन् । इन्धन बोकेको ट्यांकरमा गरिने हमलाबाट त्यसको वरपरका नागरिक शिकार हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?