२०७८,श्रावण,११,सोमवार

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

२०७४,कार्तिक,१६,बिहीवार ०९:०१


चारिकार, अफगानिस्तान, १६ कात्तिक – इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो । बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए उक्त तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधबार राति हमला भएको हो । राति सो ट्यांकरमा बम लागेपछि विस्फोट भएको र विस्फोटका कारण आगलागी भएको हो तेलको ट्यांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा गुडिरहेको अर्काे बसमा पनि आगो लागेको थियो । त्यस बसमा रहेका नागरिक आगो लागेर जलेका थिए मारिनेमा साथमा रहेको अर्काे बसका यात्रुका साथै उक्त घटनास्थल वरपरका बासिन्दा परेको जानकारी अफगानिस्तानका स्थानीय सञ्चारले दिएका छन् यसरी तेल ट्यांकरमा बम हमला गरी हत्या गर्ने घटना यसअघि पनि अफगानिस्तानमा हुने गरेका छन् । इन्धन बोकेको ट्यांकरमा गरिने हमलाबाट त्यसको वरपरका नागरिक शिकार हुने गरेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार ०९:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चीन । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना

अफगानिस्तान । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका

काठमाडौं – भीषण वर्षासँगै आएको बाढी तथा डुबानका कारण भारतको गोवा र महाराष्ट्रमा जनजीवन प्रभावित छ। त्यहाँका ९० हजार भन्दा

काठमाडौं – अफगानिस्तानमा पछिल्लो समय तनाव उग्र बनेको छ । तालिवान आक्रमण नियन्त्रणका लागि ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२