प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यकबाहेकका भेटघाट बन्द

लोकपथ
672
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनले अत्यावश्यकबाहेकका भेटघाट पनि बन्द गरेका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन ।

उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंकाअनुसार प्रधानमन्त्री ओलीको रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?