अध्यक्ष प्रचण्डद्वारा चितवन ३ बाट उम्मेद्वारी दर्ता

भरतपुर, कार्तिक १६ – पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नं(३) बाट उम्मेद्वारी दर्ता गर्नुभएका छन बिहीबार १२।३० बजेबाट माओवादी केन्द्र र एमालेको संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर २।०० बजे उम्मेद्वारी दर्ता गराएका हुन। अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका छन त्यस्तै चितवन क्षेत्र नं(१) बाट पूर्वमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं (२) बाट पूर्वसांसद एवं एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेद्वारी दर्ता गरएका छन त्यसै गरी प्रदेश सभातर्फ १ (क) मा एमालेका दावा दोर्जे लामा, १ (ख) मा एमालेका कृष्ण खनाल, २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल, २ (ख) मा एमालेका विजय सुवेदी, ३ (क) मा एमालेका कृष्ण भूर्तेल र ३ (ख) मा माओवादी केन्द्रका रामलाल महतोले उम्मेद्वारी दर्ता गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?