काठमाडौं । तिहार अघिको अन्तिम कारोबारका दिन शेयर बजार परिसूचक नेप्सेमा १४.४३ अंकको गिरावट आएको छ । आज बजार घट्दा कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भयो । आज १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच भए ।
७५ कम्पनीको मूल्य बढ्दा १६४ को घट्दा ५ कम्पनीको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक २.५२ प्रतिशतले बढ्यो । यस्तै, निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन् ।
बुधबार १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक बढेको छ भने बाँकी १० उपसमूहको सूचक घटेको छ। होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक सबैभन्दा धेरै १.४१ प्रतिशतले घटेको छ।
सीईडीबी हाइड्रोपावरको सबैभन्दा धेरै ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सानिमा जीआईसी इन्स्योरेन्सको २६ करोड र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घट्दा बैंकिङ ०.७२, विकास बैंक ०.४३, फाइनान्स १.०२, हाइड्रोपावर ०.३३, जीवन बीमा ०.९८, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.१४ र अन्य समूह ०.७४ प्रतिशत घटे ।
आज जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९० प्रतिशतले घटेको छ । यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ४.८० र माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया