प्रहरीले नपत्याउँदो गरी फेरि समातियो १७ किलो सुन

काठमाडौँ, १६ कात्तिक – लमजुङ प्रहरीले करीब १७ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ रहेका छन् । यसअघि केहि पहिलो राजधानीबाट प्रहरीले ८८ किलो अवैध सुन बरामद गरेको थियो जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख पदमबहादुर विष्टले बा५८प ४२९१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट अनुमानित १७ किलो सुन भेटिएको बताए प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाको खुदी बजारबाट उनलाई नियन्त्रणमा लिइएको थियो । संकास्पद झोला बोकेर मनाङ तर्फबाट बेशिसहर जाँदै गर्दा प्रहरी चेकजाँचमा क्रममा उनले झोला देखाउन आनाकानी गर्दै भागेका थिए । प्रहरीले भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो । उनको साथबाट त्यति ठूलो परिणाममा सुन भेटिँदा प्रहरी नै चकित परेको छ ।  सुन विस्कुत आकारका १७ थान रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?