परिवार दलका अध्यक्ष ढकाल एमालेको समानुपातिक सूचीको टप लिस्टमा

काठमाडौं, १६ कात्तिक – नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकाल प्रतिनिधि सभाको निर्बाचनमा नेकपा एमालेको समानुपातिक सुंचीको उच्च प्राथमिकतामा परेका छन एमालेले खस आर्यको कोटामा आफ्ना ४ जना स्थायी कमिटिका नेताहरुपछि अध्यक्ष ढकाललाई समाबेश गरको हो । राष्ट्रवादी र विकास मैत्री शक्तिबीच निर्वाचनमा सहकार्य गर्ने नेपाल परिवार दलको नीति अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७४ मा सो दलले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर नेकपा एमालेसंग चुनाबी गठबन्धनको लागि तिन बुदे सहमति असोज २० गते गरेको थियो सोही सहमति अनुसार ढकाललाई उच्च प्राथमिकतामा राखेको एमाले स्रोतले जानकारी दिएको छ । परिवार दलले प्रतिनिधि सभामा दुइ र प्रत्येक प्रदेशमा एक–एक जना उम्मेदवारी पाउनु पर्ने माग एमालेसंग गरेको थियो प्रतिनिधि सभामा एक सिट मात्र परिवार दलले पाए पनि भविष्यमा राज्य संयन्त्रका विभिन्न पक्षमा परिवार दललाई स्थान दिने आस्वासन एमाले दिएको छ । नेपालको राजनीतिमा सबै दलहरु संग सुमधुर सम्बन्ध स्थापित गर्न सफल परिवार दलको विश्व स्तरमा पनि राम्रो सम्पर्क रहेको मानिन्छ । बहुमतको सरकार निर्माण गरि मुलुकमा स्थायित्व, आर्थिक संमृद्धि र सामाजिक सदभाव हासिल गर्न एमालेसंग सहकार्य गरेको अध्यक्ष ढकालले बताए परिवार दलको आब्हान सुर्यमा मतदान भनेर निर्बाचनमा सहभागी हुने सो दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । परिवार दलको सात वटै प्रदेश र सबै जिल्लामा संगठन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?