५ सिट पूर्वपञ्चलाई छाडेर कांग्रेसले टुंगो लगायो उम्मेदवार

काठमाडौँ, १६ कात्तिक – राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई ५ सिट छाडेर नेपाली कांग्रसले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको संसदीय बोर्ड बैठकले मंसिर २१ गते निर्वाचन हुने १ सय २८ वटा प्रतिनिधिसभा सदस्य र २ सय ५६ वटा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुंगो लगाएको हो कांग्रेसले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि दैलेख, मकवानपुर क्षेत्र नम्बर १ र काठमाण्डौको ७ नम्बर क्षेत्र तथा पशुपति शमसेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका लागि चितवनको क्षेत्र नम्बर ३ र रुपन्देहीको ३ नम्बर क्षेत्रमा सिट खाली गरेको हो ती क्षेत्रमा कांग्रेसले उम्मेदवारी नदिई राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई सहयोग गर्ने निर्णय गरेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?