बिहेको मौसम सुरु हुनै लाग्दा सस्तियो सूनको भाउ

काठमाडौं, १६ कात्तिक – नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय घटेको छ । हिजो ५५ हजार ५०० सयमा कारोवार भएको छापावाल सुन आज ५५ हजार २ सय रुपैयाँ रहेको छ यस्तै तेजावी सुन हिजो ५५ हजार २ सय थियो भने घटेर ५४ हजार ९०० रुपैयाँ रहेको छ । तेजावी सुन हिजोको तुलनामा आज ३ सय घटेको छ । यस्तै चादीको मुल्य तोलामा ७५० रुपैयाँ रहेको छ मंसिर महिनाबाट बिबाहको मौसम सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?