यी ४५ जिल्लामा आज हुँदैछ मनोनयन दर्ता, देश बन्यो चुनावमय

काठमाडौं, १६ कात्तिक—मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । योसँगै देश चुनावमय बनेको छ ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ बिहान १० देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन सक्ने आयोगले व्यवस्था मिलाएको छ दोस्रो चरणमा इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी , सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट,सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, नवलपरासी, तनहुँ, कास्की, स्याङजा , नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दियामा, सल्यान, सुर्खेत र दैलेख र प्रदेश ७ को कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा मनोनयन दर्ता हुन लागेको हो यसअघि ५ कात्तिकमा पहिलो चरणको निर्वाचनअनुरूप ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गरिएको थियो २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् यस्तै १० मंसिरमा हुने पहिलो चरणको निर्वाचनमा भने ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मताधिकार प्रयोग गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?