डीभी चिठ्ठा प्रणाली रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं, १६ कात्तिक – अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि अमेरिका आक्रोशित भएको छ | डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट देशमा आतंकवादी भित्रिएको दाबी गर्दै अमेरिकाले अब यो प्रणाली रद्द गरिने बताएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमा अमेरिकामा आतंकवादी समस्या बढ्नुमा डीभी चिट्ठा मुख्य कारण भएको उल्लेख गर्दै डेमोक्रेटले सुरु गरेको यो प्रणाली रद्द गर्ने प्रस्ट गरेका छन्  ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने समेत आफ्नो ट्वीटर अकाउन्टमा जनाएका छन्  न्यूयोर्कमा साइकल लेनमा ट्रक चढाएर ८ जनाको हत्या गर्ने चालक सेफुलो साइपोव सन् २०१० मा डीभी चिट्ठा परेर उज्वेकिस्तानबाट अमेरिका पुगेको पत्ता लागेपछि ट्रम्प आक्रोशित बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?